इटालीको पोल्टामा युरोकप २०२०

काठमाडौं । युरोकप २०२० को उपाधि इटालीले ५३ वर्षपछि उचाल्न सफल भएको छ । इंग्ल्याण्डको बेम्बली स्टेडियममा गएराती सम्पन्न युरोकपको फाइनल खेलमा पेनाल्टी सुटआउटमा इटालीले ३–२ गोल अन्तरले इंग्ल्याण्डलाई पछि पार्दै उपाधी जित्न सफल भएको हो ।

खेलको दोस्रो मिनेटमै ल्युक शहको गोलले अग्रता लिएको इंग्ल्याण्डलाई दोस्रो हाफको ६७ औं मिनेटमा इटालीका लियोनार्दो बोनुचीले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो । अतिरिक्त समयको खेलपनि बराबरीमा नै टुंगिएपछि पेनाल्टी सुटआउटमा इटालीले जित हासिल गरेको हो ।

इंग्ल्याण्ड र इटाली दुबै टिमका गोलकिपरले पेनाल्टी सुटआउटको समान २–२ प्रहार रोक्न सफल भएका थिए । इटालीका तीन खेलाडीले पेनाल्टी सुटआउट गोलमा परिनत हुँदा इंग्ल्याण्डको रसफोर्डको प्रहार पोलमा ठोकिदा हार लामो समयको ठूलो म्याच जित्ने सपना पूरा हुन सकेन ।

Back to top button