प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा आज सर्वोच्चले फैसला सुनाउँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने कार्य तालिका रहेको छ । उक्त मुद्दामा सबै पक्षको वहस सकिएपछि अदालतले एक साताका लागि हेर्दाहेर्दैमा राखेको थियो ।

प्रधानन्यायाधिससहितको ५ सदस्यीय सैवैधानिक इजलासले आज उक्त मुद्दामा फैसलाउने भएपछि सबै चासो बढेको छ । ५ सदस्यीय इजलासमा फैसलाका लागि एक मत नभए बहुमतको राय मान्य हुने व्यवस्था छ ।

अदालतको आजको फैसलाले मुलुक निवाचनमा जाने वा मुलुकमा केपी शर्मा ओली युग समाप्त हुने राजनीतिक विशलेषकहरुको भनाई छ । योसँगै मुलुकमा कायम राजनीतिकम गतिरोधको समेत अन्त्य हुनेछ ।

Back to top button