
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खसेपछि आज बिहानैदेखि अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ६ कालीखोलामा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी चितवनका अनुसार पहिरो पञ्चाएर सडक सुचारु गराउने प्रयास भइरहे पनि पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन कठीनाई भएको छ ।