बिर्तामोडमा घर अगाडि महिलाको शव बरामद

झापा । बिर्तामोड नगरपालिका ५ मा घर अगाडि एक महिलाको शव प्रहरीले आज बरामद गरेको छ । स्थानीय २६ बर्षीया सिर्जना बस्नेतको शव बरामद भएको हो ।

सडक किनारमा आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बस्नेत बिर्तामोडको एक सहकारीमा रकम कलेक्शनको काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र अझै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Back to top button