सशस्त्र प्रहरीको घुमुवा भन्दै रकम उठाउने पक्राउ

विराटनगर । सशस्त्र प्रहरीको घुमुवा भन्दै सीमा क्षेत्रमा रकम उठाउने एक जनालाई धनपालथानबाट आज प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका २ का २० वर्षीय मनिष रायलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालमा तस्करी गर्न लाइन मिलाइदिने भन्दै रकम उठाउँदै हिँडेका रायलाई सीमा प्रहरी चौकी मायागञ्जका टोलीले धनपालथान ३ मायागञ्जबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताउनुभयो ।

रायले सीमा क्षेत्रमा अनेक बहानामा धम्काएर रकम उठाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोले के कति रकम कहाँ कहाँबाट उठाएको विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Back to top button