सर्वोच्च अदालतमा आज गोरू ब्यायो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गर्नुभएको छ ।

सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्‍यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गर्नुभएको हो । उहाँले सामाजिक सञ्जाल ट्विटर लेख्नुभएको छ, ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो।’

उहाँले राजनीतिक फैसला कार्यान्वयनमा जटिलता हुने र देश अस्थिरतामा फस्ने खतरा रहेको समेत उल्लेख गर्नुभएको छ ।

Back to top button