नेकपा एमालेको स्थायी कमिटी वैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने वैठकमा माधवकुमार नेपाल पक्षका नेताहरु पनि सहभागी हुनुहुने भएको छ ।

आजको वैठकले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पनि अनुमोदन गर्ने बताइएको छ । अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका कार्यदल सदस्य भीम रावलसँगको परामर्शपछि महासचिव इश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।

यसअघि हिजो सोमबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजसम्मका लागि सारिएको थियो । आज बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यसअघि असार १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय समिति बैठक बस्ने र त्यसले असाधारण निर्णय लिने बताउनुभएको थियो ।

Back to top button