इराकको एक अस्पतालमा आगलागी, ५० जनाको मृत्यु

काठमाडौं । इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । आगलागीमा परि केही ब्यक्ति घाइते भएका छन् ।

इराकको नसिरिया शहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । यद्यपी अक्सिजनको प्लान्ट विस्फोट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो अस्पताल तीन महिनाअघि मात्रै बनाइएको थियो । आगलागी पछि अस्पतालबाहिर बिरामीका परिवार तथा आफन्तले प्रदर्शन गरेका छन् । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न निर्देशन दिनु भएको छ ।

Back to top button