देउवा र प्रचण्डबिच भेटवार्ता, सरकारमा सहभागि हुने सिट भागबण्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरु र सिटसंख्याको भागबण्डाका विषयमा छलफल भएको स्रोतले बताएको छ । भेटपछि प्रचण्ड सिंहदरबाट बाहिरिनुभएको छ ।

हिजो बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कांग्रेस सभापति देउवासँग छलफल गरेर मात्रै पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको थियो ।

देउवा र प्रचण्डबीच सरकारमा सहभागी हुने दल, उनीहरुले पाउने मन्त्रालयलगायतका विषय टुंगो लागेपछि आफ्नो पार्टीबाट मन्त्रीको नाम तय गर्ने तयारी छ । शेरबहादुर देउवाले आज नै शपथ ग्रहणसँगै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गर्नुभएको छ ।

Back to top button