
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सर्वोच्च अदालतले दिएको फैसला बमोजिम राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
हिजो सर्वोच्च अदालतले आज अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । नव नियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।