
चर्चित खेलाडी लियोनल मेस्सीले आधा तलव घटेपनि बार्सिलोनाबाट नै खेल्ने निर्णय गरेका छन् । उनले बार्सिलोनासँग ५ वर्षका लागि नयाँ सम्झौता गर्न सहमति जनाएका हुन् । सम्झौताअनुसार ३४ वर्षीय मेस्सीको पारिश्रमिक भने ५० प्रतिशतले कम हुनेछ ।
पछिल्ला पाँच वर्षको अवधिमा तलब– सुविधा र बोनससमेत जोडेर मेस्सीले बार्सिलोनामा ५ सय ५० मिलियन युरो आम्दानी गरेका थिए । यसपटक तलब घटे पनि मेस्सीले पाउने अन्य सुविधा भने बढ्ने अनुमान गरिएको छ ।
सम्झौताको सबै खाका तयार भइसकेको छ र त्यसमा हस्ताक्षर हुनमात्रै बाँकी छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार मेस्सी र बार्सिलोना बिच सहमति भइसकेको र चाँडै औपचारीक घोषणाको तयारी भइरहेको छ ।
नयाँ सिजन सुरु हुन लागेको अवस्थामा बार्सिलोना समर्थक र प्रशिक्षक रोनाल्ड कोम्यानका लागि यो समाचार निकै उत्साहप्रद छ । किनकी, मेसी र क्लबबीचको सम्झौता टुंगिएर नयाँ सम्झौता नहुँदा उनीहरु निकै चिन्तित थिए ।
मेस्सीलाई बार्सिलोनामा नै राख्नका लागि उसले आफ्ना पकेहि खेलाडिलाई भने बेच्नु पर्ने छ । धेरै खेलाडीहरु पाल्नुपर्दा आर्थिक दबाब पर्ने मात्र नभई मेस्सीलाई समेत आबद्ध गर्दा उसले कुल खेलाडीलाई दिने तलब रकमले ला–लिगाको मापदण्ड समेत पार गर्ने देखिन्छ ।
यसकालागि पनि मेस्सीलाई क्लबमा राख्नका लागि बार्सिलोनाले केही खेलाडीलाई बेचेर आफ्नो तलब भार कम गर्नुपर्ने देखिएको छ ।