मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्को नयाँ मन्त्रिपरिषदको दोस्रो बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्दै छ । बैठकले केही महत्वपूर्ण निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको बताउनुभयो । यसअघि सरकार गठन भएको दिन पहिलो मन्त्रिपरिषद बैठक बसेको थियो ।

Back to top button