इलाममा थपियो साउन ७ सम्म निषेधाज्ञा

इलाम । कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणका लागि भन्दै इलाममा लगाइँदै आएको निषेधाज्ञा साउन ७ गतेसम्मलाई थप गरिएको छ ।

वैशाख २८ देखि शुरु भएको निषेधाज्ञा पछिल्लो पटक आज थप गर्दै साउन ७ गतेसम्मका लागि पुर्‍याइएको हो । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले आदेश जारी गर्दै असार ३१ गते मध्यराति सम्म लागू गरिएको निषेधाज्ञालाई आगामी साउन ७ गते सम्म बढाइएको जानकारी गराउनुभएको छ ।

निषेधाज्ञामा सबै प्रकारका सभा, जुलुस सेमिनार, गोष्ठी, होटल, साप्ताहिक हाटलगायतका क्षेत्रलाई निषेध गरिएको छ । इलाम बजार क्षेत्रभित्र यात्रुबहाक सवारीलाई प्रवेशमा रोक लगाइएको छ भने जिल्ला भित्रने र बाहिरिने यात्रु वहाक सवारीमा स्वास्थ्य मापदण्ड पुरा गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

Back to top button