एमाले संसदीय दलको बैठक भोली बस्ने, नेपाल पक्ष बैठकमा नजाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गर्नुभएको छ ।

दलका नेता ओलीले साउन १ गते अर्थात भोली दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो । बै्रठक संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ । बैठकमा सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका सवै सांसदहरुलाई समेत खबर गरिएको छ ।

यता नेकपा एमाले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष भने सहभागि नहुने भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै बधाई दिन पुग्नुभएका नेता नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत समेत दिने बचन दिइसक्नुभएको छ ।

उहाँका गतिविधिबाट रुष्ट हुनु भएका अध्यक्ष ओलीले माधवकुमार नेपालका गल्ति क्षमा योग्य नभएको टिप्पणी गर्नुभएको छ । हिजो सरकारी निवास बालुवाटारबाट बालकोट स्थित आफ्नो निवास फर्कनु भएका अध्यक्ष ओलीले आफ्नो बहिर्गमनको कारक माधवकुमार नेपाल रहेको भन्दै नेता नेपालको गल्ति क्ष्यम्य नहुने बताउनुभएको हो ।

Back to top button