
विराटनगर । प्रदेश १ मा आज ४ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय ४ जना महिला र २ सय २४ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ ।
यस्तै प्रदेश १ मा आज ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय २ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६५ महिला र १ सय ४४ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ९९, झापामा ९८, सुनसरीमा ८५, धनकुटामा १२, इलाम र उदयपुरमा ३–३, भोजपुरमा २, संखुवासभा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ हजार ९३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।