नेतृत्वलाई हिक्मत कार्कीको ८ सुझाव

विराटनगर । प्रदेश १ सरकारका आन्तरीक मामिला तथा कानूनमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य हिक्मतकुमार कार्कीले पार्टी नेतृत्वलाई ८ बुँदे सुझाव दिनुभएको छ ।

सर्वोच्च अदालतको परमादेश पछि सरकारबाट बाहिरिनु परेको नेकपा एमालेले अब चाल्नुपर्ने कदमका विषयमा उहाँले आफ्नो सुझाव दिनुभएको हो ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परमादेशमा बनेको देउवा सरकारलाई विश्वासको मत दिन नहुने बताउनुभएको छ ।

यस्तै यो प्रतिनिधिसभाले जनादेश अनुशारको काम गर्न नसक्ने भन्दै उहाँले अविलम्ब नयाँ जनादेशमा जान अर्लि निर्वाचनमा जोड दिनुभएको छ ।

नेता कार्कीले वर्तमान सरकारका राम्रा कामलाई समर्थन गर्दै गलत कामको तिब्र आलोचना सहित पार्टीलाई बैचारिक र संगठनात्मक ढङ्गले सुदृढ बनाउनुपर्ने लगायतका सुझाव दिनुभएको छ ।

हेरौं नेता कार्कीले दिएका आठ सुझाव

१. आफ्नो आलोचनात्मक दृष्टिकोण सहित सर्वोच्च अदालतको संवैधानिक ईजलासको निर्णय मान्दै ,परमादेशबाट बनेको देउवा सरकारलाई विश्वासको मत नदिने ।

२. यो प्रतिनिधिसभाले जनादेश अनुसारको काम गर्न नसक्ने भएकोले अविलम्ब नयाँ जनादेशको निम्ति अर्लि (केही छिटो) निर्वाचनको माग गर्दै आफ्नो ताजा जनादेश प्रतिको धारणा प्रस्तुत गर्ने ।

३. सरकारका ठिक कामको समर्थन र गलत कामको बिरोध गर्दै शसक्त रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने ।

४. अदालतको राजनैतिक फैसला र हाम्रो पार्टी र नेतृत्वप्रती फैलाईएका गलत र भ्रामक बिषयहरुमा देशब्यापी रुपमा सम्पूर्ण पार्टी पंक्तिलाई स्पष्ट पार्दै पार्टीलाई बैचारिक र संगठनात्मक रुपले सुदृढ गर्ने अभियान चलाउने ।

५. पार्टी सदस्य नविकरण अभियानलाई तिब्र पार्दै तोकिएका समयमा वडा, गाउँ, नगर, जिल्ला, प्रदेश अधिवेशन र विधान र नेतृत्व अधिवेशन सम्पन्न गर्ने ।

६. अदालतका फैसलालगायत अन्य साना– मसिना विषयबस्तुमा पार्टी र जनसंगठनलाई नअल्मलिई हाम्रा नेतृत्वका नेपाल सरकार, प्रदेश र स्थानीय सरकारका राम्रा कामहरुको जनताबिच व्यापक प्रचार गर्ने , बाँकी अवधिका निम्ति प्रदेश र स्थानीय सरकार लाई थप राम्रा कामका निम्ति पार्टी नेतृत्वले ध्यान दिने

७. केहि ब्यक्तिहरुद्वारा उठाईएका कतिपय असंवैधानिक, विवादित बिषयवस्तुमा पार्टीपंक्तिलाई स्पष्ट पार्दै जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ पार्टी लाई एक ढिक्का बनाउने ।

८. राजनितीक स्थायीत्व, विकास र सम्वृद्दिका निम्ति अब पनि सरकार एमाले कै भन्ने अभियानका साथ राष्ट्रिय आकांक्षा, ‘सम्वृद्ध नेपाल नेपाल, सुखी नेपाली’ लाई पूरा गर्न अबिश्रान्त ढङ्गले पार्टीलाई तयार राख्ने ।

Back to top button