
झापा । भद्रपुर नगरपालिका ६ मा पानी सर्किएर एक युवकको आज मृत्यु भएको छ । स्थानीय २४ वर्षीय अर्पण श्रेष्ठको मृत्यु भएको हो ।
बिहान घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी सर्कीएर अचेत भएको श्रेष्ठको मेची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।