प्रधानमन्त्री देउवाद्वारा निजी क्षेत्रलाई निर्धक भएर काम गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रलाई निर्धक्क भएर काम गर्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज सिंहदरबारमा भएको भेटमा समग्र उद्योग व्यवसाय र अर्थतन्त्र कमजोर अवस्थामा रहेकोले त्यसलाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गरे ।

खोपलगायत आवश्यक कार्यमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर नजिक भएर काम गर्ने अर्थमन्त्री जनार्दन शर्माले प्रतिबद्धता जनाउनुभयो । साना तथा मझौला उद्योग व्यवसायलाई उकास्नका लागि प्याकेज ल्याउन महासंघले सरकारको ध्यानाकर्षण गराए ।

महासंघका अध्यक्ष शेखर गोल्छाले सिथिल भएको उद्योग व्यवसाय र अर्थतन्त्रलाई उकास्न खोपमा पहिलो प्राथमिकतामा निजी क्षेत्रलाई राख्न सरकारलाई आग्रह गर्नुभएको थियो ।

Back to top button