चीनले थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप अनुदानमा दिने

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनुदानमा उपलब्ध दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले यस्तो जानकारी गराउनुभएको हो ।

यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोरोना खोप आइसकेको छ । भने सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । जसअन्तर्गत आठ लाख डोज खोप आइसकेको छ ।

Back to top button