डाक्टर र नर्स नै कोरोना संक्रमित भएपछि ओखलढुङ्गा जिल्ला अस्पतालको सेवा बन्द

ओखलढुङ्गा । कार्यरत डाक्टर तथा नर्स सहित कर्मचारीहरु नै कोरोना संक्रमित भएपछि ओखलढुङ्गाको जिल्ला अस्पतालले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ ।

अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई नै कोरोना संक्रमण भएपछि अर्को सूचना जारी नभएसम्मका लागि आजदेखि आपतकालीन सेवाबाहेकका सवै सेवाहरु बन्द गरिएको हो ।

अस्पताल प्रशासनद्धारा जारी सूचनामा संक्रमित डाक्टर तथा कर्मचारीको कन्ट्र्याकट्रेसिङमा आएकाहरुलाई समेत संक्रमण हुनसक्ने भएपछि महामारीको भयावह अवस्थालाई मध्यनजर गर्दै सेवाहरु बन्द गरिएको उल्लेख गरिएको छ ।

एन्टीजेन परीक्षणबाट जिल्ला अस्पतालमा कार्यरत २ जना चिकित्सक, १ जना नर्सिङ स्टाफ, २ जान भान्छे र १ जना कार्यालय सहयोगीसहित ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै ओखलढुङ्गामा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ यस १९ पुगेको छ।

Back to top button