
काठमाडौं । वृहत नागरिक आन्दोलनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारलाई पार्टी कार्यालय नबनाउन सुझाव दिएको छ ।
प्रधानमन्त्री बालुवाटार सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेसको पदाधीकारी बैठक बोलाएर राज्यकोष दोहन गर्न नहुनेमा आन्दोलनको सुझाव छ ।
पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेको भन्दै जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न बृहत् नागरिक आन्दोलनको आग्रह छ ।
स्वास्थ्य समस्याका कारण निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा नै पार्टीका बैठकहरु राख्दै आउनुभएको थियो ।
त्यसकै अनुशरण गर्दै प्रधानमन्त्री देउवाले समेत पार्टीका वैठकहरु बालुवाटारमा नै राख्न थालेपछि आलोचना शुरु भएको हो ।