नेपाली कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले भोली संसदीय दलको बैठक आह्वान गर्नुभएको छ ।

भोली दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभएको छ ।

देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक नोपली कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा भोलि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले लिनुपर्ने विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोटलगायतका विषयमा छलफल हुने बताइएको छ ।

Back to top button