अपांग महिलालाई जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

खोटाङ । दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका ६ नेर्पामा शारीरिक अपांगता भएकी महिलालाई जबरजस्ती करणी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय ४२ वर्षीय गंगालाल पराजुलीलाई पक्राउ गरेको हो ।

स्थानीय ३५ वर्षीया शारीरिक अपांगता भएकी महिला घरमा बसिरहेको बेला पराजुलीले जबरजस्ती करणी गर्न खोजेपछि पक्राउ गरेर कानुनी कारवाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Back to top button