जसपाका अध्यक्ष ठाकुरको साथ छाड्दै सांसदहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको सांसदहरुले साथ छोड्न थालेका छन् । सांसदहरु उपेन्द्र यादव समूहमा आउन थालेपछि ठाकुर पक्ष कमजोर हुन थालेको हो ।

प्रतिनिधिसभा पुनःस्थापित भएपछि यादवका साथ छोडेर ठाकुरसँग गएका सांसदहरु पुनः यादव क्याम्पमा फर्किन थालेको एक नेताले बताउनुभयो । ठाकुर पक्षका सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल उपेन्द्र यादव क्याम्पमा आउनु भएको छ ।

यादव क्याम्प छोडेर ठाकुरतिर लाग्नु भएका सांसदहरु विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रेणुका गुरुङ, राम दुलारी खत्वे पुनः यादव पक्षमा आउन लागेको एक नेताले बताउनुभयो ।

Back to top button