गच्छदारलाई १० लाख धरौटीमा छाडेपछि विशेष अदालतका अध्यक्ष कार्कीको सरुवा

काठमाडौं । कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई ललिता निवासको जग्गा प्रकरणमा १० लाख धरौटीमा छोडेपछि विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीको उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सरुवा गरिएको छ ।

काज सरुवाको निर्णय सार्वजनिक नभए पनि कार्कीले सरुवा भएको स्विकार्नुभयो । उहाँले बिस्तारै जाने प्रक्रियामा रहेको बताउनुभयो । ललिता निवास जग्गा प्रक्रणमा अख्तियारले ९ करोड ६५ लाख विगो दावी गरेको मुद्दामा गच्छदारलाई अध्यक्ष कार्की, न्यायाधिसद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले १० लाख धरौटीमा रिहा गर्ने निर्णय गर्नुभएको थियो ।

Back to top button