कांग्रेस संसदीय दलको बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक संसद भवन बानेश्‍वरमा सुरु भएको हो ।

सर्वोच्च अदालतको फैसलासँगै सरकारको नेतृत्व गर्न पुगेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा पार्टीका सांसदहरुले खेल्नुपर्ने भूमिकाका बिषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बसेको बैठक एक घण्टा ढिलो गर्दै तीनबजेदेखि शुरु भएको कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ ।

सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

एमालेको माधवकुमार नेपाल समूहका केहि सांसदले मत दिने भएका छन् भने माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री देउवालाई विश्‍वासको मत दिने निर्णय गरिसको छ । देउवाले आजै विश्वासको मत लिनेभएसँगै एमालेकै नेपाल समूहपनि विभिाजित हुन पुगेको छ ।

Back to top button