राप्रपा तटस्थ बस्ने, देउवालाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय जनता पार्टीका राजेन्द्र लिङ्देनले आफ्नो पार्टी प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिई तटस्थ बस्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले सदनमा मागेको विश्वासको मतको छलफलमा भाग लिदै लिङ्देनले दुई तीहाईको सरकारले जनभावना अनुसार गर्न नसकेको काम भाग्यले पाएको सरकारको नेतृत्वबाट जनताले खासै अपेक्षा नगरेको उहाँले बताउनुभयो ।

वर्तमान सरकारलाई गुुण र दोषको आधारमा समर्थन र विरोध गर्ने भन्दै उहाँले प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने भन्दै बधाई ज्ञापन गर्नुभयो ।

Back to top button