प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, प्रतिनिधिसभाले पाए पूर्ण जीवन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गएराती विश्वासको मत पाएसँगै प्रतिनिधिसभाले पूर्ण जीवन पाएको छ । सर्वोच्च अदालतको परमादेशले असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाको पक्षमा १६५ सांसदले मत दिनुभएको हो ।

देउवालाई कांग्रेस, माओवादी केन्द्र जसपा, राष्ट्रिय जनमोर्चा र विपक्षी दल एमालेका २२ सांसदले विश्वासको मत दिनुभएको छ । २४९ सदस्यीय प्रतिनिधिसभामा देउवाको विपक्षमा ८३ सांसदले मत दिनुभएको हो भने नेपाल मजदुर किसान पार्टी तटस्थ बस्दा १ मत खसेन । एमालेका सांसद भीम रावलले सांसदबाट राजिनामा दिनुभयो ।

Back to top button