
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारलाई पार्टी कार्यालय नबनाउन आग्रह गर्नुभएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक बालुवाटारमा राख्दा बालुवाटारलाई पार्टी कार्याल्य बनाएको भन्दै विरोध गर्दै आएका देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा सरेको भोली पल्ट नै कांग्रेस पदाधिकारीको बैठक राखेपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ । प्रतिनिधिसभा बैठकमा देउवाले विश्वासको मत मागेपछिको छलफलमा सहभागी सांसदहरुले समेत बालुवाटारमा राखेको कांग्रेस पदाधिकारी बैठकको आलोचना गर्नुभएको थियो ।
विरोध र आलोचना भइरहेको बीच गगन थापाले समाजिक सञ्चालमार्फत प्रधानमन्त्री देउवालाई बालुवाटारस्थित सरकारी निवासमा पार्टीको बैठक लगायतका गतिविधि नगर्न आग्रह गर्नुभएको छ ।