प्रधानमन्त्री देउवाले सार्वजनिक गरे परराष्ट्र नीति

काठमाडौं । प्रतिनिधिसभाबाट गएराती विश्वासको मत लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नयाँ सरकारको परराष्ट्र नीतिको आधारभूत खाका सार्वजनिक गर्नुभएको छ ।

चीन र भारतसँग राम्रो सम्बन्ध राख्नुमा नै राष्ट्र हित हुने भएकाले दुबै छिमेकी मुलुकसँग सम्बन्ध स्थापित गर्ने पहिलो प्राथमिकता भएको सदनमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले उद्घोष गर्नुभएको थियो ।

Back to top button