ओली सरकारले गरेको राजदुत नियुक्ति खारेज

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइबिना नियुक्त गरेका राजदुतहरुको नियुक्ति खारेज गर्ने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले संसदीय सुनुवाइबिना ओली नेतृत्वको सरकारले गत जेठ १ गते ११ देशका लागि नियुक्त गरेको राजदूतको नियक्ति खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयले ओली सरकारको सिफारिसमा अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानबार लगायतका देशका लागि नियुक्त गरिएको राजदूत नियक्तिको सिफारिस खारेज भएको छ ।

Back to top button