अभिनेत्री शिल्पा शेट्टीको पति कुन्द्रा पोर्न भिडियो बनाएको आरोपमा पक्राउ

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राले पोर्न भिडियो बनाएर एममार्फत सार्वजनिक गरेको आरोपमा मुम्बई पुलिसले पक्राउ गरेको छ । मुम्बई पुलिसले कुन्द्रालाई आज अदालतमा उपस्थिति गराउँदै छ ।

पोर्न फिल्म बनाएर मोबाइल एपमार्फत सार्वजनिक गरेको भन्दै फेब्रुअरीमा कुन्द्रविरुद्ध मुम्बई पुलिसमा उजुरी परेको थियो । यसअघि उक्त आरोपमा बिभिन्न ठाउँबाट ४ जनालाई मुम्बई पुलिसले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले दिएको बयानका साथै केही ठोस प्रमाणका आधारमा मुम्बई पुलिसले कुन्द्रलाई पक्राउ गरेको भारतीय समाचार संस्थाहरुले जनाएको छ ।

रोजगारीको अबसर खोज्दै मुम्बई आएकी युवतीहरुलाई कुन्द्रको समूहले ठूलो पर्दामा काम लगाइदिने भन्दै पोर्न फिल्म बनाएर सार्वजनिक गरी कुन्द्राले ठूलो रकम आय आर्जन गर्दै आएको मुम्बई पुलिसको आरोप रहेको भारतीय समाचार संस्थाहरुले जनाएको छ ।

मुम्बईको मलाड वेस्टको मढ गाउँमा भाडामा लिएको एउटा घरमा पोर्न फिल्मको छायाँकन गर्दै गरेको अवस्थामा मुम्बई पुलिसले छापामारी गरेको थियो ।

Back to top button