प्रधानमन्त्री देउवाद्वारा बकर इदको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हा (बकर इद)को अवसरमा मुस्लिम समुदायलाई शुभकामना दिदै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुरक्षित पूर्वक हर्सोउल्लासका साथ पर्व मनाउन आग्रह गर्नु भएको छ ।

‘संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गर्दछु,’ प्रधानमन्त्री देउवाले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गर्दछु ।’

Back to top button