सिखर धवनको कप्तानीमा भारतले एक खेल अगावै जित्यो एक दिवसीय श्रृंख्ला

काठमाडौं । भारतीय क्रिकेटर सिखर धवनको कप्तानीमा एक खेल अगावै श्रीलंकासँगको एक दिवसीय श्रृंख्ला क्लिन स्विप गरेको छ । तीन एक दिवसीय खेलमा भारतले लगातार दुई खेल जितेर श्रृंख्ला कब्जा गरेको हो ।

श्रीलंकाको कोलम्बोमा गएराती सम्पन्न दोस्रो खेलमा सुरुवाती खराब प्रदर्शन गरेको भारतका बलरले टीमलाई सम्हालेका थिए । बलर दीपक चहरले आठौं नम्बरमा ब्याटिङ गर्दै खेल भारतको पोल्टामा पार्न सफल भएको हो ।

टस जितेर ब्याटिङ गरेको श्रीलंकाले भारतलाई २ सय ७६ रनको लक्ष्य दिएको थियो । भारतले १८ ओभरमा ११६ मा ५ विकेट गुमाइसकेको थियो । २७ औं ओभरको खेलमा सूर्यकुमार यादवले पनि अर्धशतक बनाएर पबेलियन फर्के । त्यसपछि क्रुनाल पण्ड्याले पनि ३५ रनमै आउट भएपछि आठौं विकेटका लागि आएका दीपक चहर र तीब्र बलर भुवनेश्वर कुमारको जोडीले टिमलाई जित दिलाएको हो ।

चहर भुवनेश्वरले ८२ रनको अविजित पारी खेलेर भारतलाई जित दिलाएको छ । चहरले ८२ बलमा ७ चौका र १ छक्कासहित ६९ रनको अविजित संयमित पारी खेले भने भुवनेश्वरले १९ रन बनाएर चहरलाई अविजित साथ दिए ।

श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए पनि अन्तिममा घरेलु टिमका बलर निष्प्रभावी रहयो । टसजितेर ब्याटिङ गरेर ९ विकेटको क्षतिमा मध्यम योगफल बनाएको को श्रीलंकाका लागि ओपनर ब्याट्स म्यान आभिस्का फर्नाण्डोले ५० तथा मध्यक्रमका चरिथ असलंकाले ६५ रनको अर्धशतकीय पारी खेलेका थिए । चामिका करुणारत्नेले पनि ४४ रन बनाए ।

बलिङमा भारतका भुवनेश्वर र युजवेन्द्र चहलले समान ३–३ विकेट लिएका थिए भने चहरले पनि २ विकेट लिएका थिए । बलिङ र ब्इाटिङ दुबैमा जमेका चहर खेलको म्इान अफ दी म्याच भए । अब धवनकै कप्तानीमा ट्वान्टी २० को श्रृंख्ला श्रीलंकासँग खेल्ने छ ।

Back to top button