मिस कोशीमा १७ जना छनौट, दोस्रो र तेस्रो अडिसन पनि हुने

विराटनगर  ।  छैठौं संस्करणको मिस कोशी प्रतियोगिताकोमा पहिलो चरणको अडिसनबाट १७ जना किशोरी छनौट भएका छन् ।

विराटनगर र इटहरीमा भएको पहिलो चरणको अनलाइन र भौतिक उपस्थितिमा लिइएको अडिसनमा सहभागी ३१ जनामध्ये १७ जना छनोट भएको आयोजकले जनाएको हो ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताको दोस्रो र तेस्रो चरणको पनि अडिसन हुने आयोजकले जनाएको छ । दोस्रो अडिसन विराटनगरमा साउन १५ र १६ गते इटहरीमा हुनेछ ।

कोभिड १९ को कारणले आयोजकले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्दै अडिसन गर्दै आएको सिइओ निशा खतिवडाले जानकारी दिनुभयो ।

‘अडिसनमा भाग लिने किशोरीहरूको लागि हामीले अनलाइनबाट पनि आवेदन लिने गरेका छौं,’ उहाँले भन्नुभयो, ‘इच्छुकले अनलाइनबाट पनि यस प्रतियोगिताको अडिसनमा सहभागिता जनाउन पाउनुहुनेछ ।’

किशोरीहरुमा भएको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउनुका साथै व्यातित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको उहाँले बताउनु भयो । प्रतियोगिताको फाइनल आगमी भदौ आन्तिम तिर हुनेछ ।

आयोजकले सहभागिहरुको सहजताका लागि अनलाइन र भौतिक रुपमा अडिसन लिने गरेको छ । फाइनलमा ३० देखि ३५ जना किशोरी छनौट गरिने आयोजकले तयारी गरेको छ । प्रतियोगिताको बिजेतालाई स्कुटर र विभिन्न गिफट ह्याम्परको साथै पोखरा टुर पनि गराइने खतिवडाले बताउनुभयो ।

Back to top button