प्रतिनिधिसभा र प्रदेशको उपनिर्वाचन गराउने निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त रहेको सांसद पदका लागि निर्वाचन आयोगले उप निर्वाचन गराउने तयारी थालेको छ ।

निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले उपनिर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर मिति निर्धारण गर्ने बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको सांसद पद ६ महिनाभन्दा बढी समय अगावै रिक्त भएको अवस्थामा उपनिर्वाचन गर्ने संवैधानिक तथा कानुनी व्यवस्था छ ।

बिभिन्न कारणले प्रतिनिधिसभाको ४ र प्रदेशसभाको ११ सांसद पद रिक्त भएको सचिव अधिकारीले बताउनुभयो । अधिकारीले स्थानीय तहमा रिक्त भएको पदका लागि उपनिर्वाचन नहुने प्रष्ट पार्नुभयो ।

उहाँले स्थानीय तहका जनप्रतिनिधिहरुको पद रिक्त भएको १ वर्षभन्दा बढी समय रहेको अवस्थामा मात्रै उपनिर्वाचन गरेर रिक्त पद पुर्ति गर्ने व्यवस्था रहेको तर स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुको पद १ वर्ष पनि नरहेकोले उपनिर्वाचन आवश्यक नभएको उहाँले बताउनुभयो ।

Back to top button