प्रधानमन्त्री देउवा र चन्दबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसँगको भेटवार्तामा यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुंदे सहमति कार्यान्वयनका लागि चन्दले ध्यानाकर्षण गराउनुभएको एक नेताले बताउनुभयो ।

भेटवार्ताका क्रममा गृहमन्त्री बालकृष्ण खाँणका साथै चन्द समूहका नेताद्वय खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोलाको समेत उपस्थिति रहेको थियो । चन्दले पछिल्लो समय नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएको छ ।

Back to top button