क्रियाशील सदस्यतामा भएको विवादले कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा राजिनामा दिने घोषणा

काठमाडौं । क्रियाशील सदस्य वितरणमा भएको विवादले नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको विधि र विधानलाई मिचेर पार्टी कब्जा गर्ने गरी भइरहेको धाँधलीले मतदाताको अपमान भएको भन्दै उहाँले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सांसद पदबाट राजिनामा पत्र बुझाउने घोषणा गर्नु भएको हो ।

‘पार्टीप्रति आस्थावान कार्यकर्ताको क्रियाशील सदस्यता कायम राख्न नसक्ने आफू जस्ता प्रत्यक्ष निर्वाचित सांसदले अन्य जनतालाई न्याय दिन नसक्ने भएकोले राजिनामाको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘पार्टी कार्यालयमा आमरण अनसनमा बसेका नेता तथा कार्यकत्र्ता प्रति पार्टीले गरेको वेवास्ताले सांसद पदमा बसिराख्नु उचित हुँदैन ।’

आफूले सांसदबाट संसदीय दलका नेतामार्फत राजिनामा दिएर विधि विपरित वितरण गरिएको क्रियाशील सदस्यताविरुद्ध मेची– महाकाली अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

Back to top button