सर्वोच्चको फैसलाविरुद्ध जनतामा जाने एमाले बैठकको निर्णय

काठमाडौं ।नेकपा एमालेको केन्द्रिय समितिको बैठकले सर्वोच्च अदालतको फैसलाविरुद्ध जनतामा जानेलगायत चार वटा निर्णय गरेको छ ।

शक्ति पृथकीकरण, नियन्त्रण, सन्तुलन र दलीय प्रणाली खल्बल्याउने सर्वोच्च अदालतको निर्णयप्रतिको असहमति लिएर जनतामा जाने पार्टी बैठकले निर्णय गरेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बताउनुभयो ।

अदालतले संविधानको निर्दलीय व्याख्या गरेकोले संविधानको धारा ७६(५) लाई संसोधन गर्न पहल गर्ने समेत बैठकले निर्णय गरेको छ । अनेकौ प्रतिकुलताका बाबजुद तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अनेकौं उपलब्धीमूलक काम गरेको बैठकको निष्कर्ष रहयो ।

एमालेले प्रतिपक्षका रुपमा प्रभावकारी भूमिका खेल्ने तथा संविधान, राष्ट्रियता र लोकतन्त्रका विषयलाई जनतामा लग्ने बैठकले निर्णय गरेको छ । मुलुकको विद्यमान परिस्थितिबाट निराश नहुन पार्टी सम्बद्ध नेता तथा कार्यकर्तालाई आह्वान गर्दै छिट्टै पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने निर्णय गरेको ज्ञवालीले बताउनुभयो । पूर्ववत अवस्थामा फर्किनुको अर्थ चुनाव जितेर फर्किने भनिएको उहाँले बताउनुभयो ।

Back to top button