
विराटनगर । मोरङ व्यापार संघको टोलीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर २१ बुँदे सुझाव पेश गरेको छ ।
संघका अध्यक्ष प्रकाश मुन्दडा, बरिष्ठ उपाध्यक्ष नविन रिजाल, पूर्व अध्यक्षहरु पवनकुमार सारडा र महेश जाजुको टोलीले अर्थमन्त्रीलाई भेटेको हो ।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको भेटमा कोरोनाले समस्याग्रस्त उद्योगहरुको पुनर्उत्थान हुने गरी मौद्रीक नीति आउनु पर्नेमा जोड दिइएको छ ।