एमाले एकता जोगाउन माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार छौं : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको घोषणा गर्नुभएको छ ।

‘माधवकुमार नेपालले मागेको दोस्रो अध्यक्ष दिन आफू तयार रहेको तर उहाँ त्यतिमा पनि पार्टी एकताका लागि आउन इच्छा देखाउनु भएको छैन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘नेता नेपालले हामीलाई पार्टीबाट निकाल्नका लागि बहुमत खोज्नु भएको हो तर कमरेडहरु ढुक्क हुनुहोस् यस्तो हुन दिनेछैनौं ।

पार्टीको केन्द्रिय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी एकता जोगाउन हदैसम्मको लचकता अपनाइ अन्तिम समयसम्म प्रयत्न जारी राख्ने बताउनुभयो । उहाँले कार्यदलको १० बुंदे सहमति कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको र पार्टी एकता कायम भए ०७५ जेठ २ को अवस्थाबाट पार्टी सञ्चालन हुने समेत घोषणा गर्नुभयो ।

Back to top button