पूर्व गोर्खा सैनिकद्वारा बेलायतका प्रधानमन्त्री कार्यालय अगाडि रिले अनशन

काठमाडौं । पूर्व गोर्खा सैनिकले बेलायताका प्रधानमन्त्री कार्यालय अगाडि रिले अनशन सुरु गर्न लागेको छ । पेन्सनमा समानतालगायत १३ बुंदे माग राखेर आजदेखि रिले अनशन सुरु गर्न लागेको हो ।

पूर्व गोर्खा सैनिकहरुले गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको नेतृत्वमा पहिलो चरणमा १३ दिन रिले अनशन सुरु गर्न लागेको छ । दोस्रो चरणमा भोक हडतालमा उत्रिने अभियानकर्मी ज्ञानराज राईले बताउनुभयो ।

सत्याग्रह समितिका प्रमुख कृष्णबहादुर राईले आफूहरुको मागको बारेमा बेलायत र नेपाल सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदासमेत समस्या समाधान नभएपछि अनशनमा बस्न बाध्य भएको बताउनु भयो ।

Back to top button