आज जसपा आधिकारिक रुपमा फुट्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आजबाट आधिकारिक रुपमा फुट्न लागेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टीको आधिकारिकता बारे दिएको निवेदनको निर्वाचन आयोगले आज सुनुवाइ गर्दै छ ।

आयोगको सुनुवाइसँगै जसपाभित्रको विवाद टुंगिएसँगै पार्टी औपचारिक रुपमा फुट्नेछ । जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगको इजलासमा बहसपछि सकेसम्म आजै आदेश आदेश आउन सक्ने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले बताउनुभयो ।

जसपाको बहुमत काार्यकारिणी सदस्य यादव पक्षमा रहेकोले ठाकुर पक्ष कमजोर देखिएको छ । यसरी जसपाको आधिकारिकता यादव पक्षले पाउने संभावना अधिक रहेकोले ठाकुर पक्षले पुनः राष्ट्रिय जनता पार्टी ब्युताउनु पर्ने राजनीतिक विशलेषक तथा कानुनका ज्ञाताहरुको भनाइ छ ।

Back to top button