एमाले उर्लाबारी नगरस्तरीय वैठकमै तोडफोड

उर्लाबारी । मोरङको उर्लाबारीमा नगरपालिकामा नेकपा एमालेको नगरस्तरीय विस्तारित बैठक माधव नेपाल समूहले बिथोलेको छ ।

उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको एमाले संस्थापनको नगरसमिति घोषणा गर्ने र सदस्यता नवीकरण गर्ने विस्तारित बैठकमा माधव नेपाल समूहका कार्यकर्ताले घुसपैठ गरेर बिथोलेका एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिनुभयो ।

विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको उहाँको भनाइ छ । बैठकमा एमाले मोरङका अध्यक्ष ऋषिकेस पोखरेललगायत जिल्ला नेताहरुको सहभागिता रहने कार्यक्रम थियो ।

तोडफोडबाट दर्जनौं कुर्सी भाँचिएका छन् भने सिसा फुटाइएको छ । अहिले केहिबेर अघि मात्र जिल्ला अध्यक्ष पोखरेललगायतका नेताहरु वैठकस्थल आइपुग्नुभएको छ ।

Back to top button