उर्लाबारीको एभरेष्ट फन पार्कमा तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउन एमालेको माग

विराटनगर । नेकपा एमाले उर्लाबारीले एभरेष्ट फन पार्कमा तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याई व्यवसायीलाई उचित क्षतिपुर्ति उपलब्ध गराइदिन माग गरेको छ ।

एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष उमाकान्त गौतम र सचिव निरोच तिम्सिनाको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा फन पार्कमा जडित सिसि क्यामेरामा तोडफोड गर्नेहरुको भिडियो कैद भएकोले तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेको उल्लेख छ ।

विज्ञप्तीमा शान्त वातावरणमा सम्पन्न नगर कमिटीको विस्तारित बैठकमा सञ्चार माध्यमहरुमा समाचार आए जस्तो कुनै किसिमको , कसैले पनि कुनै अवरोध तथा विवाद नगरेको उल्लेख छ ।

विस्तारित बैठकले साउन १५ गतेभित्र सदस्यता नवीकरण, साउन मसान्तभित्र जनवर्गी संगठनको अधिवेशन, भदौ ५ गते उर्लाबारीको ९ वडै वडाको अधिवेशन, भदौ १५ गते उर्लाबारी नगर कमिटीको अधिवेशन र अर्को विस्तारित बैठक साउन १५ गते बस्ने निर्णय गरेको छ ।

Back to top button