टोकियो ओलम्पिक २०२० आजबाट सुरु हुँदै

काठमाडौं । गृष्मकालिन ओलम्पिकको ३२ औं संस्करण टोकियो ओलम्पिक २०२० जापानको टोकियोमा आजबाट औपचारिक रुपमा सुरु हुँदै छ । दुई दिन अघिबाटै केही खेल सुरु भए पनि ओलम्किको औपचारिक उद्घाटन आज २ बजे टोकियोमा हुँदैछ ।

ओलम्पिकको उद्घाटनमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले नेपालको झण्डा बोक्नु हुन्छ । टोकियो ओलम्पिकमा नेपालबाट पौडी खेलाडी सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् ।

टोकियो ओलम्पिकमा विश्वका २ सय ४ देश तथा क्षेत्रबाट ११ हजार २ सयभन्दा बढी खेलाडीले भाग लिदै छन् । ओलम्पिक आयोजक कमिटीले कोरोना महामारीका कारण बिनादर्शक खेल सञ्चालन गर्दै छ ।

Back to top button