
काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज दोस्रो बैठक दिउँसो १ बजे संघीय संसद भवनमा बस्दैछ । संसद सचिवानलयका अनुसार आजको बैठकको कार्यसूचीमा राजनीतिक दलका नेताहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिने छ ।
प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७ सदनमा पेश गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने लगायतको संभावित कार्यसूची हुने सचिवालयले जनाएको छ ।