पार्टी र जनताको आग्रह मान्दै राजिनामा फिर्ता लिएँ : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ । उहाँले आज सभाामुखलाई भेटेर राजिनामा फिर्ता लिनुभएको हो ।

पार्टी र जनताको आग्रह मान्दै राजीनामा फिर्ता लिएको उँहाले प्रतिकृया दिनुभएको छ । रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले लिने विश्वासको मत भन्दा अगाडि राजीनामा दिनुभएको थियो ।

पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिनुभएको हो । उहाँले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना गर्नुभएको छ ।

रावलले संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।

Back to top button