सुजिता भण्डारी मृत्यु प्रकरण : आफ्नै ठूलोबुवाका छोरा पक्राउ

चितवन । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी राप्ती–३ की सुजिता भण्डारी प्रकरणमा प्रहरीले उनकै ठूलोबुवाका छोरालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

प्रहरीले ठुलोबुवाका छोरा अर्थात मृतक सुजिताको दाजु पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुशार झापाको झापा गाउँपालिका वडा नं.– ६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ । उनीहरुको विदेशमै पुगेर विहे गर्ने तयारी थियो ।

तर असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुइमा विवाद सृजना भएको थियो । असार ११ गते वेपत्ता भएकी सुजिताको २० गते नजिकैको सामुदायिक वनमा शव भेटिएको थियो ।

प्रहरीका अनुशार सुकदेव विरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्नुभएको थियो ।

असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन् । त्यही दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको बताएको दिदी कविताले बताउनुभएको थियो ।

Back to top button