टोकियो ओलम्पिक : जुडोकी भट्ट पनि पहिलो खेलमै पराजित

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा आज बिहान सम्पन्न जुडोको महिलातर्फको ४८ केजीमा नेपालकी सोनिया भट्ट रुसकी इरिना डोल्गोभासँग पहिलो खेलमै पराजित हुनुभएको छ।

वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागी हुनुभएको भट्टले १ मिनेट १६ सेकेण्ड मात्रै खेलमा प्रतिस्पद्र्धामा टिक्नुभयो । जुडोको विश्व वरियतामा नवौं स्थानमा रहनुभएको इरिनासँग भट्टले इपोनको आधारमा पराजित हुनुभयो ।

Back to top button